Comments Add Comment

कुमारी बैंकको साधारणसभा असोज ११ मा, यस्ता छन् प्रस्तावहरु

Photo Credit : File Picture

२४ भदौं, काठमाडौं । कुमारी बैंकको वार्षिक साधारणसभा आगामी असोज ११ गते बस्ने भएको छ । बैंकको सञ्चालक समितिको बैठक (संख्या ०६—०७६/७७ औं) ले आगामी असोज ११ गते बस्ने निर्णय गरेको हो ।

बैंकको साधारणसभा नक्सालको नक्साल बैंक्वेटमा बिहान ११ः३० बजे बस्ने छ । तल हेर्नुहोस के ण्के छन् प्रस्तावहरुः
क. सामान्य प्रस्ताव
१. उन्नाईसौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५/०७६ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७६ को वासलात, आ.व. २०७५/०७६ को नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु) उपर छलफल गरी पारित गर्ने ।

३. यस बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेडको आ.व. २०७५÷०७६ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने ।
४. आ.व.२०७६/०७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।

ख. विशेष प्रस्ताव
१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७५÷०७६ को लागि चुक्ता पूँजीको १० (दश) प्रतिशत बोनश शेयर तथा बोनश शेयरको कर प्रयोजनार्थ नगद लाभांश ०.५२६% (शुन्य दशमलव पाँच दुई छ प्रतिशत) नगद लाभाँश स्वीकृत गर्ने र सो अनुसार प्रबन्धपत्रको दफा ५ (ख) र (ग) संशोधन गर्ने र सो शंसोधनको क्रममा नियमन निकायवाट कुनै कुराहरु फेर बदल गर्न निर्देशन भएमा सो गर्न सञ्चालक समितिलाई अधिकार हस्तान्तरण गर्ने ।

२. बैंकले आ.व. २०७५÷०७६ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनको दफा १०५ (१)(ग) ले निर्धारण गरेको सीमा भन्दा बढी भएको खर्चलाई अनुमोदन गर्ने ।
ग. विविध ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment