+
+
Shares

नारायणी र भोटेकोशी नदीबाट दुई जनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरीले पूर्वी नवलपरासीस्थित नारायणी नदीबाट ६२ वर्षीय झनक प्रसाद पौडेलको सकुशल उद्धार गरेको छ ।
  • सिन्धुपाल्चोकको भोटेकोशी नदीको बीच भागमा अड्किएका २३ वर्षीय सन्जिव बिकलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

४ असार, काठमाडौं । सशस्त्र प्रहरीले नारायणी र भोटेकोशी नदीबाट दुई जनालाई उद्धार गरेको छ ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षीय झनक प्रसाद पौडेललाई आज बिहान सशस्त्र प्रहरीले नारायणी नदीबाट उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले उनलाई मोटर बोटको सहयोगमा उद्धार गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उद्धार गरेर उनलाई उपचारका लागि चितवन पठाइएको छ । उनको अवस्था भने सामान्य रहेको बताइएको छ ।

त्यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदीको बीच भागमा अड्किएका एक जनाको आजै सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही गाउँपालिका–१ लिस्ती बस्ने २३ वर्षीय सन्जिव बिकलाई नदीले बगाएको थियो । त्यसको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट तातोपानीबाट टोली खटिएको थियो ।

उनलाई नदीको बिच भागमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा उद्धार गरेर उपचारका लागि धुलिखेल अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डिएसपी थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?