Comments Add Comment

आइस क्यूब एक : फाइदा अनेक

हाम्रो घरमा त्यस्ता धेरै कुराहरु हुन्छन्, जसले हामीलाई विभिन्न किसिमको फाइदाहरु प्रदान गर्छन् । घरमा भएका सामानहरुमध्ये आइस पनि एक हो, जसले हामीलाई विभिन्न फाइदा प्रदान गर्छ । हामी आइसको प्रयोग विशेष गरेर स्वास्थसंग सम्बन्धित समस्याहरुबाट छुट्कारा पाउनका लागि गर्छौं । त्यस्तै आइसको प्रयोग हामी गर्मीबाट राहत पाउनका लागि कोल्ड ड्रिंकमा मिसाएर पिउनको लागि पनि गर्छौं । तर घरसंग सम्बन्धित समस्याको सामाधानको लागि पनि आइसको प्रयोग हुन्छ भन्ने कुराले तपाईं आश्चर्यमा पर्न सक्नु हुन्छ ।

आज हामी आइसको प्रयोग घरको सर-सफाइको लागि पनि गरिन्छ र कसरी आइसले घरको सर-सफाई गर्ने भन्ने बारेमा केही जानकारी प्रस्तुत गर्दैछौं ।

हाउस प्लान्टहरुलाई राहत प्रदान

हामी हाउस प्लान्टहरु घरलाई सुन्दर बनाउनका लागि राख्ने गर्छौं । त्यस्ता प्लान्टले घरलाई सुन्दर बनाउनुका साथै स्वच्छ पनि बनाउँछ । तर, हाउस प्लान्टलाई पनि हेरचाहको आवश्यक पर्छ । त्यसका लागि तपाईंले धेरै मेहिनत गर्नु पर्दैन, आइस क्यूबलाई विरुवामा राख्नुहोस् । विरुवामा आइस क्यूव राखेर छाडिदिनु पर्छ, बाँकि काम कोठाको तापक्रमले नै गर्छ । यसो गर्दा तपाईंको हाउस प्लान्टहरु ताजा हुन्छन् र त्यसको सुन्दरता पनि बढ्छ ।

बोतल र फुलदानी चम्काउन

सानो मुख भएको बोतल अथवा फुलदानी सफा गर्न गाहो हुन्छ । यदि तपाईसंग पनि त्यस्ता मुख सानो भएको बोलत अथवा फुलदानी छ भने आइसको माध्यमले यसलाई सजिलै सफा गर्न सकिन्छ । बोतलमा नुन, कागती र आइसको टुक्रा हाल्नुहोस् । बोतललाई राम्रोसंग हल्लाउनुहोस् । यसैगरी फुलदानीमा पनि आइस क्यूब राखेर राम्ररी हल्लाउनु पर्छ । त्यसरी तपाईंले सानो मुख भएको बोतल अथवा फुलदानी सफा गर्न सक्नु हुन्छ ।

लुगामा टाँसिएको च्युइङ्गम हटाउन

यदि तपाईंको लुगामा च्युइङ्गम टाँसिएको छ भने त्यसलाई हटाउन धेरै गाह्रो हुन्छ । तपाईंले लुगामा टाँसिएको च्यूइङ्गम हटाउने धेरै उपायहरु सुन्नु भएको होला । लुगालाई मट्टीतेलमा भिजाएर राख्नेदेखि टुटपेस्ट लगाउने सम्मको उपायहरु अपनाउन सकिन्छ । तर, आइसले यो समस्यालाई सजिलै हटाइदिन्छ । तपाईंको लुगामा जहाँ च्यूइङगम लागेेको छ, त्यहाँ आइस लगाउने र केही समय त्यसै छाडिदिने । केही समयपछि चम्चाको सहायताले लुगामा लागेेको च्युइङ्गम सजिलै निस्कन्छ ।

खुम्चिएको लुगा सिधा बनाउन

खुम्चिएको लुगा सिधा बनाउन पनि धेरै मेहिनत गर्नु पर्छ । विशेष गरेर नरम कपडा धेरै खुम्चिने गर्छ, त्यसलाई इस्त्रि पनि सावधानीपुर्वक गर्नु पर्छ । थोरै लापरवाहीले पनि यस्तो किसिमको लुगा डढ्न सक्छ । त्यस्तो लुगामा इस्त्रि गर्दा आइसको प्रयोग उपयुक्त हुन्छ  । एउटा कपडामा आइसको टुक्रा र्बेनु पर्छ र खुम्चिएको भागमा लगाउनुहोस् । त्यसपछि आरामले इस्त्रि गर्नु पर्छ । त्यसो गर्दा खुम्चिएको लुगा पनि ठिक हुन्छ र इस्त्रि पनि सजिलै लगाउन सकिन्छ ।

दाग हटाउनको लागि

यदि तपाईंको लुगामा कफी, अचार अथवा जुसको दाग लागेको छ भने लुगाको दाग हटाउनको लागि आइसको प्रयोग उपयुक्त हुन्छ । लुगामा दाग लाग्नासाथ तुरुन्त आइस लगाउनु पर्छ । यसो गर्दा लुगामा लागेेको दाग हट्छ । दाग लाग्नासाथ यसलाई हटाएन भने पछि दाग जान गाह्रो हुन्छ ।

भात तताउनको लागि

माइक्रोवेभमा भात तताउनको लागि आइसको प्रयोग राम्रो हुन्छ । माइक्रोवेभमा भात त्यसै तताउँदा सुख्खा र कडा हुन्छ । तर भात तताउँदा त्यसमा आइसको टुक्राहरु हालेर तताउनु भयो भने भात कडा हुँदैन

कार्पेट डेन्ट

कार्पेटलाई सफा गर्दा त्यसको रंग जाने अथवा बिग्रने डर हुन्छ । तर कार्पेट सफाइमा आइसको प्रयोग गरेर कार्पेटलाई नयाँ बनाउन सक्नुहन्छ । कार्पेटको जुन भागमा फोहोर लागेेको छ, त्यहाँ आइस दल्नु पर्छ । आइसको टुक्रा पग्लिसकेे पछि कार्पेट झार्नु पर्छ । त्यसरी तपाईं फोहोर भएको कार्पेटलाई सफा र नयाँ बनाउन सक्नुहुन्छ ।

कफी पट चम्कानको लागि

सिसाको कफी पटमा कफीजति रिप|mेशिङ बन्छ, त्यति नै कफी स्टेन फोहोर हुन्छ । रगडेर सफा गर्दा पनि यी दागहरु जाँदैन । त्यस्तो स्थितिमा आइसको प्रयोग उपयुक्त हुन्छ । आइसको प्रयोग गरेर तपाईं आफ्नो कफी पट नयाँ जस्तै गरेर चम्काउन सक्नु हुन्छ ।

होम मेड एसीको लागि

तपाईं आइसको सहयोगले एसी बिना नै घरमा नै एसीको मजा लिन सक्नु हुन्छ । एउटा कचौरामा आइस राखेर टेबल फ्यान नजिक राखिदिनुहोस् र टेबल फ्यान खोलिदिनुहोस्, त्यसो गर्दा तपाईंले शितलताको अनुभव गर्न सक्नु हुन्छ ।

औषधीको तीतोपन हटाउन

तीता औषधीहरु असरदायक त हुन्छ तर कति औषधीहरु खाँदा तीतो भएर बान्ता नै आउँछ । औषधि खाँदा तीतो नहोस् भन्नाका लागि आइसको प्रयोग अति लाभदायक हुन्छ । औषधि खानु अगाडि एक टुक्रा आइस चुस्नुहोस् । त्यसो गर्दा औषधीको तीतोपना कम हुन्छ ।

यसरी तपाईं आइसको प्रयोग घरको विभिन्न फरक फरक समस्याहरुको समाधानको लागि गर्न सक्नु हुन्छ । आइसको प्रयोगले तपाईंको समस्यालाई हटाउन सहयोग र काम गर्न सजिलो पनि हुन्छ । यसरी घरको समास्याहरु हटाउनको लागि आइसको प्रयोग गर्दा खर्च पनि हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment