Comments Add Comment

धरहरा निर्माणमा २६ प्रतिशत भौतिक प्रगति

२६ भदौ, काठमाडौं । ऐतिहासिक धरहरा पुनर्निर्माणको भौतिक प्रगति २६ प्रतिशत पुगेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा बिहीबार धरहरा पुनर्निर्माण प्रगति समीक्षा कार्यक्रम सम्पन्न भयो । उक्र अवसरमा निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीका कन्ट्रयाक्टर रिप्रिजेन्टेटिभ रमन महतोले उक्त जानकारी दिएका हुन् ।

धरहरा पुनर्निर्माणका क्रममा अहिले धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य सम्पन्न भई बिम स्लाब उठाउने कार्य सुरु भएको उक्त अवसरमा जानकारी दिइयो । गोश्वारा हुलाक रहेका भवन भत्काई त्यहाँ बेसमेन्ट बनाउन पूर्वतर्फ प्रोटेक्सन पाइल हाल्ने काम जारी रहेको कम्पनीको भनाई छ ।

समीक्षा कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका काम समानान्तर रुपमा अघि बढाएर तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्नुपर्ने बताए । निर्माणका क्रममा गुणस्तर कायम राख्न कुनै कसर बाँकी नराख्न समेत निर्माण कम्पनीसँग आग्रह गरे ।

धरहरा पुनर्निर्माणको सुपरीवेक्षण गरिरहेको परामर्शदाता कम्पनी केज कन्सल्ट र स्वाइल टेस्ट जेभीका तर्फबाट पुनर्निर्माणका क्रममा देखिएका विभिन्न विषयहरुबारे प्रस्तुतीकरण गरिएको थियो ।

यसैबीच, दशैंलाई लक्षित गरेर तेबहालबाट टुँडिखेल निस्कन केही दिनभित्रै अस्थायी पैदल मार्ग खोल्नेगरी काम भइरहेको छ । सञ्चय कोष र साविकको गोश्वार हुलाकको बीचमा ८ फुटे अस्थायी पैदल मार्ग हुनेछ । खिचापोखरीदेखि तेबहालसम्म बाटो खुलिसकेको छ । अब यी दुई बाटो जोडिनेछ । पछि यहाँ स्थायी सडक रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment