Comments Add Comment

नेपाल ओलम्पिक कमिटीको महासचिवमा निलेन्द्रराज श्रेष्ठ निर्वाचित

२८ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको महासचिवमा निलेन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ अध्यक्षका उम्मेदवार जीवनराम श्रेष्ठ प्यानलका हुन् ।

उनले उमेशलाल श्रेष्ठ प्यानलका प्रतिस्पर्धी पुरेन्द्रविक्रम लाखेलाई पराजित गरे ।

यसैगरी सचिव पदमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । सचिव पदमा उम्मेदवारी दिएका राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव केशवकुमार विष्ट भने पराजित भए ।

यो पनि पढ्नुहोस राखेपका पूर्वसदस्यसचिव विष्ट नेपाल ओलम्पिक कमिटीको सचिवमा पराजित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment