Comments Add Comment

वोल्भ्समाथि चेल्सीको फराकिलो जित

Photo Credit : प्रिमियर लिग

२९ भदौ, काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा वोल्भ्सलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले वोल्भ्सलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा तम्मी अब्रहामले ह्याट्रिक गरे । त्यस्तै माउन्ट र तोमोरीले पनि समान १–१ गोल गर्न सफल भए ।

पहिलो हाफमा ३–० गोलले अघि रहेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्दा दुई गोल नै खान पुग्यो । खेलको ३१औं मिनेटमा तोमोरी तथा ३४औं र ४१औं मिनेटमा अब्रहामले गोल गर्दै चेल्सीलाई ३–० गोलको अग्रता दिलाए ।

खेलको ५५औं मिनेटमा अब्रहामले अर्को गोल गर्दै ह्याट्रिक पूरा गर्दा चेल्सीले ४–० गोलको अग्रता बनायो । तर खेलको ६९औं मिनेटमा अब्रहामले आत्मघाति गोल गरेपछि वोल्भ्सले ४–१ गोलको स्थिति बनाएको थियो । खेलको ८५औं मिनेटमा कुट्रोनले गोल गर्दै वोल्भ्सलाई ४–२ गोलको स्थितिमा पुर्‍याए । तर खेलको अतिरिक्त समयमा माउन्टले गोल गर्दै चेल्सीलाई ५–२ गोलको जित दिलाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment