Comments Add Comment

नीता भन्छिन्–‘सिंगल लाइफ बिन्दास’

आफ्नो जन्मदिन मनाउने क्रममा नायिका नीता ढुंगानाले सिंगल लाइफ बिन्दास हुने बताएकी छिन् । आइतबार बेलुकी जन्मदिन सेलिव्रेशन गर्दै नीताले भनिन्–‘अहिले म सिंगल छु र आफ्नो करिअरमा नै फोकस छु । मलाई त सिंगल लाइफ बिन्दास लागिरहेको छ ।’

केही बर्ष अगाडिसम्म प्रेममा रहेकी नीताले भनिन्–‘कसैको प्रेममा रहँदा पनि जिन्दगीमा रमाइलो नै हुन्छ । तर, सिंगल लाइफ आफूले खोजे जस्तै हुन्छ ।’

नायिका ढुंगानाले आफू अहिले करिअरमा नै ध्यान दिइरहेको बताइन् । उनले भनिन्–‘अब त म निर्मात्री पनि बन्दैछु । मेरो ध्यान आफ्नो करिअरमा नै बढी छ । बिहे र प्रेम भनेको आफूले मात्र चाहेर हुने कुरा होइन । यो समय आएपछि आफै हुन्छ ।’

नायिका नीता ढुंगानाले चलचित्र ‘माया’ निर्माण गर्दैछिन् । चलचित्रमा उनीसँगै नायक कोशिश क्षेत्रीको अभिनय रहनेछ । नीताले तिहारपछि चलचित्रको छायांकन सुरु हुने पनि जानकारी दिइन् ।

हरेक बर्ष जन्मदिन मनाउँदै गर्दा आफूलाई एक बर्ष उमेर पाको भएकोमा मात्र चिन्ता लाग्ने उनको भनाई थियो । नीताले अगाडि थपिन्–‘चलचित्र क्षेत्रमा आएर मैले केही पनि गुमाएकी छैनँ । मैले मेरो नाम पाएकी छु । नीता ढुंगाना एउटा ब्रान्ड बनेको छ । २०–२५ लाख जनताले मेरो नाम जान्नुहुन्छ । मैले पाएको उपलब्धी यही नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment