Comments Add Comment

कतारस्थित नेपाली दूतावासबाट पुनः श्रम स्वीकृतिको सिफारिस दिन सुरू

१ असोज, काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले पनि पुनः श्रम स्वीकृतिको सिफारिस उपलब्ध गराउने भएको छ । दूतावासले मंगलबार पुनः श्रम स्वीकृतिको सिफारिसबारे सूचना जारी गर्दै निवेदन आहृवान गरेको हो ।

श्रमस्वीकृति लिइ कतारमा कार्यरत भएर विदामा घर गइ पुनः पुरानै रोजगारदाताकोमा आउनेहरुका लागि मात्रै अर्काे निर्णय नभएसम्मका लागि दूतावासले पुनः श्रमस्वीकृतिको सिफारिस दिने लागेको हो ।

पुनः श्रम स्वीकृतिका लागि म्याद रहेको नेपाली राहदानी र उक्त राहदानीको पृष्ठ २ र ३ को प्रतिलिपी, घरेलु कामदारका लागि कतार आएको श्रमस्वीकृतिको प्रतिलिपी, निवेदकको कतारी आईडीको प्रतिलिपी माग गरिएको छ ।

यो पनि पढ्नुहोस युएईस्थित नेपाली दूतावासबाटै घरेलु कामदारलाई पुनः श्रमस्वीकृतिको सिफारिस

यस्तै, कतारको श्रम विभागबाट प्रमाणित भएको करार सम्झौताको सक्कल तथा प्रतिलिपी र रोजगारदाताको कतारी आइडीको प्रतिलिपी पनि आवश्यक हुने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

जुन रोजगारदाताकोमा श्रम स्वीकृति लिएर आएको हो त्यसैकोमा काम गर्नका लागि मात्रै यो पुनः स्वीकृति सिफारिस लागू हुनेछ ।

करार सम्झौताको प्रमाणीकरणसहित सिफारिसको १८५ रियाल रकम लाग्ने दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment