+
+
Shares

चितवन मेडिकल कलेजले भन्यो-राजनीतिक अभिष्ट पूरा गर्न आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १ गते १८:५४

१ असोज, चितवन । शूल्क सम्बन्धी विषयलाई लिएर चितवन मेडिकल कलेजमा विद्यार्थीले गरिरहेको आन्दोलनलाई कलेज प्रशासनले राजनीतिक अभिष्ट पूरा गर्न गरिएको आन्दोलनको संज्ञा दिएको छ ।

आन्दोलरत विद्यार्थीहरुले दोस्रो चरणको आन्दोलन घोषणा गरेको भोलीपल्टै वुधवार कलेजमा पत्रकार सम्मेलनको आयोजना गरी कलेज प्रसासनले कसैको राजनीतिक अभिष्ट पूरा गर्न र राजनीतिक रुपमा स्थापित हुने भर्‍याङका रुपमा आन्दोलन गरिएको जनाएको छ ।

कलेजले सार्वजनिक गरेको धारणा सरकारद्धारा प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्दप्रति लक्षित देखिन्छ । उनकै अगुवाईमा गत भदौ १५ गतेदेखि चितवन मेडिकल कलेजमा अतिरिक्त शुल्क समायोजन वा फिर्ताको माग गर्दै आन्दोलन भैरहेको छ ।

पत्रकार सम्मेलतमा बाँडिएको विज्ञप्तीमा कलेजले भनेको छ ‘सरकार र सरकारी निकायसँग सम्बन्धित मागहरू उठाएर एउटा निश्चित मेडिकल कलेजलाई दुःख दिनु आफैमा कतिसम्म न्यायोचित छ ? आन्दोलनका नाममा विद्यार्थीहरुको पठन–पाठन ठप्प बनाइनु, बिरामीहरूको उपचार गराउन पाउने अधिकारलाई थुनछेक गर्न खोज्नु आफैंमा गैरकानुनी कार्य हुन् ।’

सरकारले तोकिएको मापदण्डभित्र रहेर नै शुल्क उठाएको दाबी कलेजले गरेको छ । कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले विद्यार्थीहरुले उठाएको इन्टर्नसिप भत्ताको माग कलेजले पूरा गरिसकेकोले आन्दोलनको औचित्य नभएको बताए । ‘हामीसँग सम्बन्धित माग पूरा गरीसकेको र बाँकी उहाँहरुका माग सरकार र उसका निकायसँग जोडिएका छन्,’ देवकोटाले भने, ‘शुल्क सम्बन्धी विवादका सम्बन्धमा सरकारद्धारा गठित संसदीय उपसमितिले बुझाएको प्रतिवेदन, त्रिभुवन विश्वविद्यालय, शिक्षा मन्त्रालयबाट निर्देशन भई आएका र आउने निति नियमको पूर्ण पालना गर्न तयार छौं ।

उनले विद्यार्थीका अन्य केही विषय भए आपसी वार्ता, छलफल र सहमतीबाट हल गर्न सकिने बताए । देशभरका मेडिकल कलेजहरुले एमबीबीएस अध्यापनमा सरकारले तोकिदिएको भन्दा बढी शुल्क लिँदै आएको विद्यार्थीहरुले गुनासो गर्दै आएका छन् ।

संविधान दिवसका अवसरमा निःशुल्क ओपिडी

चितवन मेडिकल कलेजले संविधान दिवसको अवसरमा असोज २ गते अस्पतालको ओपिडी सेवा निःशुल्क गर्ने जनाएको छ ।

कलेजका निर्देशक डा. दयाराम लम्सालले संविधान दिवसका दिनमा सरकारले सार्वजनिक विदा दिएकोले २ गते नै सेवा निःशुल्क गरिएको जानकारी दिए ।

सरकारको नीतिलाई अनुशरण गर्दै ओपीडी सेवाका लागि टिकट निःशुल्क गरिएको डा. लम्सालले बताए । सरकारले २ गते ओपिडी सेवा निशुल्क गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?