Comments Add Comment

म्यान्चेस्टर सिटीको विजयी सुरुवात

Photo Credit : च्याम्पियन्स लिग

२ असोज, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा शाख्तर डोनेक्सटलाई पराजित गरेको छ ।

बुधबार राति समूह ‘सी’ मा भएको खेलमा घरेलु टोली शाख्तरलाई सिटीले ३-० गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा रियाद महरेज, इल्काय गन्डोगन र गाब्रियल जेसुसले गोल गरे ।

पहिलो हाफमा २-० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा शाख्तरविरुद्ध थप एक गोल गर्दै ३-० गोलको जित हात पारेको हो । खेलको २४औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

खेलको ३८औं मिनेटमा गन्डोगनले गोल गरेपछि सिटी पहिलो हाफसम्म २-० गोलले अघि रहेको थियो । खेलको ७६औं मिनेटमा सिटीका लागि जेसुसले गोल गर्दै जित दिलाए ।

यस्तै समूहको अर्को खेलमा डाएनामोले एटलान्टालाई ४-० गोलअन्तरले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment