+
+

चीनका राष्ट्रपति र प्रधानमन्त्रीद्वारा संविधान दिवसको शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ३ गते १८:१६

३ असोज, काठमाडौं । चीनले नेपालको संविधान दिवसलाई उच्च महत्व दिदै नेपालको सम्बृद्धिका लागि अझ बलियो सहकार्य गर्न चाहेको सन्देश पठाएको छ ।

चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खस्याङले अलग-अलग शुभकामना सन्देश पठाई संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना दिएका हुन् ।

चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई शुक्रबार पठाएको सन्देशमा नेपाली चीनबीच सघन तथा वृहत सहकार्य अघि बढाउन इच्छुक रहेको बताएका छन् । उनले अघिल्लो वर्ष राष्ट्रपति भण्डारीले गरेको चीनको राजकीय भ्रमणको समेत स्मरण गर्दै सो भ्रमणबाट सहयोगका धेरै सम्भावनाका ढोका खुलेको बताएका छन् ।

त्यस्तै प्रधानमन्त्री खस्याङले पनि नेपाली समकक्षी केपी शर्मा ओलीलाई शुभकामना सन्देश पठाउँदै अघिल्लो भ्रमणको स्मरण गरेका छन् । नेपालको सम्बृद्धि र विकासका लागि चीन सहयोगी हुन तयार रहेको उनले दोहोर्‍याएका छन् ।

चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपालको शान्ति,स्थिरता र सम्बृद्धिको बाटोका लागि शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?