+
+
Shares

पानीमुनी बसेर प्रेम प्रस्ताव राख्ने क्रममा युवकको मृत्यु !

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ५ गते १५:२२

५ असोज, काठमाडौं । यो उसको जीवनको सबैभन्दा अविस्मरणीय दिन हुन सक्थ्यो, तर सबै कुरा एक पलमा परिवर्तन भयो ।

एक युवकले पानीमुनी डुवेर आफ्नी प्रेमिकालाई प्रेम प्रस्ताव गर्न खोजेका थिए । तर, उनको सोही क्रममा मृत्यु हुन पुग्यो ।

अमेरिकाको लुसियानाका युवक स्टीभ वेबर नामका युवक र उनकी प्रेमिका केनेसा एन्टोइन छुट्टि मनाउन तान्जानियाको पेम्पा टापुभन्दा टाढा मांटा रिसोर्टको समुद्रमुनिको क्याबिनमा बसिरहेका थिए । त्यसै क्रममा आफ्नी प्रेमिकालाई प्रेम प्रस्ताव गर्न पानीमुनि गएका थिए ।

दुर्घटनापछि सार्वजनिक केही फुटेजअनुसार वेबर पानीमुनि गइरहेका थिए । उनले आफ्नो प्रेमिकालाई पानीभित्रैबाट विवाहको लागि सोधिरहेको दृश्य देख्न सकिन्छ । वेबरकी प्रेमिका, केनेशाले वेबरको मृत्युको खबर फेसबुकमार्फत सार्वजनिक गर्दै भनेकी छन्, ‘उनी त्यस गहिराइबाट कहिल्यै बाहिर आउन पाएनन् ।’

मान्टा रिसोर्टले यो धेरै दुर्भाग्यपूर्ण घटना भनेको छ ।रिसोर्टले एक विज्ञप्ति जारी गर्दै घट्ना प्रति गहिरो दुःख व्यक्त गर्दै भनेको छ, “यो एकदम दुःखद् घटना हो, जुन सेप्टेम्बर १९ (असोज २ गते) मा भएको थियो ।’

रिसोर्टका सीईओ मैथ्यू ससले भने, ‘वेबरको मृत्युले हामी सबैलाई भित्रैबाट हल्लाएको छ ।’

यो प्रेमी जोडीले रिसोर्टमा चार रातसम्म समुद्रमुनिको कोठा बुक गरेका थिए । जुन किनारदेखि २५० मिटर टाढा थियो । कोठाको एक रातको भाडा करिब १७०० डलर हो र तिनीहरू १० मिटरको गहिराईमा अर्थात् ३२ फिट गहिराइको पानीमा थिए ।

वेबर पानीभित्र प्रयोग गर्ने चश्मा लगाएर कोठा बाहिर पानीमुनी गएका थिए । उनले फ्लिपर पनि लगाएका थिए । उनले एउटा नोट लिएर गएका थिए । प्लास्टिकको पारदर्शी झोलामा राखिएको उक्त नोटमा लेखिएको थियो ‘तिमीसँग जोडिएका हरेक कुरालाई म अति नै मन पराउँछु, यो कुरा भन्नलाई म अब मेरो स्वास एकछिन पनि रोक्न सक्दिन । तिमीप्रतिको मेरो प्रेम दिनप्रतिदिन बढ्दै गइरहेको छ ।’

त्यसपछि उनले औंठी निकालेको भिडियो फुटेजमा देखिन्छ ।

तर, त्यसपछि उनी भिडियोमा देखिँदैनन् । तत्काल रिसोर्टका कर्मचारीले घटनाबारे थाहा  पाएको रिसोर्टका सीईओ ससले बताए । उद्धारका लागि कर्मचारीहरु त्यहाँ पुगे पनि केही गर्न नसकिएको उनले बताए ।

आफ्नो फेसबुक पोस्टमा वेबरकी प्रेमीकाले लेखेकी छन्, वेबरले कहिले पनि उनको प्रेम प्रस्तावको जवाफ सुन्न सकेनन् । जुन लाखौं पटक सोध्दा पनि केवल एउटै शब्द हुन्थ्यो, हो ।’

उनले अघि लेखेकी छन्, ‘हामीले आफ्नो जीवनको नयाँ सुरुवात कहिले पनि गर्न सकेनौं किनकी त्यो दिन हाम्रो जीवनको सबैभन्दा सुन्दर दिन हुन सक्थ्यो, तर सबैभन्दा खराब दिनमा परिणत भएको छ ।

अमेरिकी विदेश मन्त्रालयले भने तान्जानियामा एक अमेरिकी नागरिकको मृत्यु भएको जानकारी आएको प्रतिक्रिया दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?