६ असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई पराजित गरेको छ ।
आइतबार राति सेभियाकै घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले १-० गोलअन्तरको जित निकालेको हो । रियलको जितमा करिम बन्जिमाले गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा गोल गर्दै जित हात पारेको हो । खेलको ६४ औं मिनेटमा बेन्जिमाले गोल गरेपछि रियल १-० गोलअन्तरले अघि रहेको थियो । बाँकी समयमा रियल र सेभियाले गोल गर्न सकेन र खेल रियलले जित्यो ।
त्यस्तै, आइतबार राति नै भएका अन्य खेलमा एथ्लेटिको बिलबाओले अलभेसलाई २-० गोलअन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेलबाट बिलबाओले ११ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको पनि समान ११ अंक नै रहेको छ ।
त्यस्तै, गेटाफेले मेलोर्कालाई ४-२ गोलअन्तरले पराजित गर्दा रियल सोसिडाडले स्पानियोललाई ३-१ गोलअन्तरले हराएको छ । यता, भ्यालेन्सिया र लेगानेसले भने १-१ गोलको बराबरी खेलेका छन् ।
प्रतिक्रिया 4