Comments Add Comment

साविकको वाईसीएलले टुंगो लगायो १५५ सदस्य

८ असोज, काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय समितिमा रहनेहरुमध्ये, आफ्नो भागमा परेको संख्या अनुसारको नामावली साविकको वाईसीएल नेपालले टुंगो लगाएको छ ।

३३५ सदस्यीय केन्द्रीय समितिमा साविकको वाईसीएलको भागमा १५५ जना र साविकको युवासंघका भागमा १७६ जना परेको थियो । चार सदस्य पछि मनोनित गर्ने सहमति भएको छ ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले साविक वाईसीएलको भागमा परेको १५५ सदस्य टुंगो लागेको बताए । तत्कालीन वाईसीएलको केन्द्रीय समिति २१५ सदस्यीय थियो । अब एकताको प्रक्रियामा आउँदा ६० जना छुट्ने छन् ।

तत्कालीन वाईसीएलका अध्यक्षसमेत रहेका दीपशिखाले हरेक जिल्लाबाट एक-एक जना प्रतिनिधित्व हुनेलगायतका तीनवटा मापदण्डको आधारमा १५५ जना छानिएको बताए ।

उमेर हद ४० वर्ष ननाघेका केन्द्रीय पदाधिकारी तथा सबै प्रदेश संयोजक १५५ जनामा अटाएका छन् । यस्तै प्रत्येक प्रदेशबाट एक जना महिला अनिवार्यसहित तीन-तीन जना छानिएका छन् ।

यसैगरी केन्द्रीय कार्यालयअन्तर्गत रहेका विभागहरु, आयोगहरु, १६ देखि २४ वर्ष उमेर समूहमा रहेकाहरु तथा समावेशी प्रतिनिधित्वका आधारमा पनि केन्द्रीय समितिमा रहनेहरुको नाम टुंगो लगाइएको छ ।

नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक दीपशिखा र सहसंयोजक रमेश पौडेलले २७ भदौमा सपथग्रहण गर्दा ९ असोजको बैठकबाट केन्द्रीय समिति टुंगो लगाउने भनिएको थियो । तर, पूर्वएमाले निकट युवा संघ नेपालको तर्फबाट भने नामावली टुंगो लाग्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment