+
+
Shares

कांग्रेस नेताहरुले अनावश्यक हल्ला गरेः पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ८ गते १८:१७

८ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन भयो भनेर अनावश्यक टिप्पणी नगर्न आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा बुधबार आयोजना गरेको साक्षात्कारमा नेकपा स्कुल विभागका सहसंयोजक पौडेलले भने, ‘नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन होइन, हुने छैन ।’ दुई पार्टीबीच सी जिनपिङ विचारधाराबारे छलफल गर्नुका साथै आ–आफ्नो अभ्यास, अनुभव साटासाट गरेर एकअर्काबाट सिक्न मात्र कार्यक्रम गरिएको उनले स्पष्ट पारे ।

यसलाई लिएर प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले चाहिनेभन्दा धेरै हल्ला गरेको उनको टिप्पणी छ ।

नेकपालाई चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन भयो भन्नु गलत भएको भन्दै उनले भने, ‘साथीहरुले यति धेरै हल्ला गरेर यस्तो मानसिकता बनाउनुहोला भन्ने लागेको थिएन ।’

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण नहोस भनेर विरोध भएको त होइन भन्ने प्रश्न उठाए ।

कार्यक्रममा कांग्रेस नेता एनपी साउदले भने नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको सहमति आपत्तिजनक भएको बताए ।

नेकपा हिँडेको बाटोले देशभित्र ध्रुवीकरण ल्याउने भन्दै उनले भने, ‘यो गम्भिर आलोचनाको विषय हो । नेकपा सच्चिनुपर्छ । सार्वजनिक रुपमा माफी माग्नुपर्छ । विदेशबाट आमन्त्रित गरेर सत्ताकब्जा कसरी गर्न सकिन्छ, प्रशासन र पार्टीलाई कसरी नियन्त्रणमा राखेको छ भनेर सिक्नु आपत्तिजनक छ । नेकपाले स्पष्टीकरण दिनुपर्छ ।’

तर, नेकपाका शीर्ष नेताहरुले गल्ती स्विकार गरेर क्षमा माग्नुभन्दा अनावश्यक तर्क गर्न थालेको उनले बताए ।

राजपा नेता क्ष्मणलाल कर्णले नेपालले भारतसँग विशेष सम्बन्ध राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?