+
+
Shares

सांसद चौधरीलाई कारबाही गर्ने कांग्रेस सप्तरीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ८ गते २०:२७

८ असोज, सप्तरी । नेपाली कांग्रेस सप्तरीले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको अन्तिम दिन राजविराजमा भएको घटनाबारे बोलेको छ । र, पार्टी सांसद तेजुलाल चौधरीलाई अनुशासनको कारबाही गर्ने बताएको छ ।

मंगलबार राजविराजमा आयोजित कार्यक्रममा मर्यादाक्रमलाई लिएर जिल्ला सभापति दिनेश यादव र सांसद तेजुलाल चौधरी पक्षबीच विवाद भएको थियो । त्यसक्रममा यादव पक्षका कार्यकर्ताले चौधरीलाई धकेलाधकेल गर्दै मञ्चबाट निकालेका थिए । लगतै चौधरीको समूहले छुट्टै कार्यक्रम गरेको थियो ।

जिल्ला कार्यसमिति सप्तरीले भने सांसद चौधरी पक्षले सुनियोजित तरिकाले कार्यक्रम भाँडेको दाबी गरेको छ ।

जिल्ला सचिव शत्रुद्यन यादवले बुधबार बिज्ञप्ती जारी गर्दै कार्यक्रममा आसन ग्रहणको क्रममा सांसद चौधरी लगायत केहि व्यक्ति सुनियोजित तरिकाले कार्यक्रम नै भाँड्ने गरी मञ्चमा आएर कार्यक्रम संचालक, प्रदेश सभाका सांसद र अरु अतिथिलाई अभद्र व्यबहार तथा गालीगलौज गरेको आरोप लगाएका छन् ।

साथै अनुशासन उल्लंघन गरेको भन्दै सांसद चौधरी लगायतलाई कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?