+
+

मेलमिलापबाटै द्वन्द्वकालीन मुद्दाहरु टुंग्याउनुपर्छ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ९ गते १५:५७

९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलमिलापबाटै संक्रमणकालीन न्यायका काम टुंग्याउनुपर्ने बताएका छन् ।

मानवअधिकार आयोगले आयोजना गरेको छलफल कार्यक्रममा देउवाले कानून संशोधन गर्न र द्वन्द्वकालीन मुद्दाहरु टुंग्याउन अब ढिला गर्न नहुने बताए । ‘द्वन्द्व पीडितको कुरा सुन्न आवश्यक छ । तर एकथरीको मात्र कुरा सुनेर हुँदैन । दुबै पक्षको कुरा सुन्नुपर्छ’ उनले भने, ‘माओवादी शान्ति प्रक्रियामा आएको बिर्सिएर हुँदैन ।’

स्थायी शान्तिलाई प्राथमिकतामा राखेर पीडितलाई न्याय लिनुपर्ने उनले बताए । उनले भने, मेलमिलापबाट समाधान गर्नुपर्छ । यसका लाथिग कानुन परिमार्जन गर्नु पर्ने अवस्था आयो भने गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?