Comments Add Comment

जम्मु–कास्मिर मामिलामा कसैको टाउको दुख्न आवश्यक छैनः भारतीय राजदूत

९ असोज, काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले जम्मु–कास्मिरको विषय भारतको आन्तरिक मामिला भएको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘भारतको आन्तरिक मामिलामा कुनै पनि देशको टाउको दुख्नुपर्ने कारण छैन ।’

नीति अनुसन्धान प्रतिष्ठान र नेसनल ल कलेजद्वारा आयोजित ‘आर्टीकल ३७० अफ दि कन्सिच्युसन अफ इन्डियाः परसेप्सन एण्ड रियालिटी’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा राजदूत पुरीले संविधानको धारा ३७० सबै प्रक्रिया पुर्याएर सार्वभौम संसदबाट पारित भएको बताए ।

राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रचार प्रमुख अरुण कुमारले गलत सूचनाका कारण मात्रै जम्मु–कास्मिरमा विवाद जस्तो देखिएको उल्लेख गरे । धारा ३७० को ऐतिहासिक पृष्ठभूमिदेखि त्यसलाई खारेज गर्दाको प्रक्रियाबारे विस्तृतमा चर्चा गरे ।

यो पनि पढ्नुहोस जम्मु-कस्मिरबारे युएनमा सम्बोधनअघि पाकिस्तानी दूतावासले गर्‍यो छलफल

नेसनल ल कलेजका निर्देशक रामकृष्ण तिमिल्सिनाले जम्मु–कास्मिर विवादमा आफू भारतको पक्षमा रहेको बताए । दिल्लीमा अध्ययन गरेरक फर्केका तिमिल्सिनाले धारा ३७० को खारेजी संवैधानिक भएको दाबी गरे ।

बिहीबारै पाकिस्तानले काठमाडौंस्थित दुतावासमा एक कार्यक्रम गरेर जम्मु–कास्मिरको मानव अधिकार अवस्थाबारे चर्चा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment