Comments Add Comment

कसरी बढाउने शरीरको आन्तरिक उर्जा ?

कुनै पनि मानिसमा आन्तरिक शक्ति कम भएपछि उसले गर्ने हरेक किसिमको काममा त्यसको प्रभाव देखिन थाल्छ । आन्तरिक शक्तिको अर्थ यो हो कि हाम्रो शरीर भित्रको उर्जा या शारीरिक बल । सामान्य शब्दमा भन्नुपर्दा अँग्रेजी शब्दमा स्टामिना अर्थात् आन्तरिक शक्तिले व्यक्तिद्वारा कुनैपनि काम गर्नको लागि राख्ने शारीरिक एवं मानसिक तागतलाई जनाउँछ ।

त्यसैगरी, आमरुपमा आन्तरिक शक्ति भन्नाले शारीरिक कार्यहरु गर्ने क्षमतालाई बुझिन्छ । आन्तरिक शक्तिले मानसिक कार्यलाई समेत लामो समयसम्म जारी राख्न मद्दत गर्दछ ।

शरीरमा आन्तरिक शक्ति कम हुँदा कस्तो संकेत पाईन्छ ?

– थोरै हिँड्दा वा एक-दुई सिँढी चढ्दा पनि थकाई लागेको महशुस हुनु ।

– कुनैपनि शारीरिक वा मानसिक कामलाई लामो समयसम्म गर्न नसक्नु र केही समयमा नै थकाई एवं चक्कर लागेको जस्तो महशुस हुनु ।

– कुनै काम नगर्दा पनि पसिना आईरहनु ।

– भोक नलाग्नु ।

– हरेक समय आफैंलाई थाकेको जस्तो महशुस हुनु र चक्कर आईरहनु ।

– आँखा अगाडि कहिलेकाहीँ धुलो छाउनु ।

– कुनैपनि किसिमको काम गर्नमा मन नलाग्नु ।

– हात खुट्टामा दुखाईको महशुस हुनु ।

– अत्यधिक निद्रा लाग्नु आदि ।

के गर्दा हुन्छ शरीरमा आन्तरिक शक्तिको कमी ?

निद्रा नपुग्नाले – जो मानिस रातमा दैनिक ७ देखि ८ घण्टासम्म सुत्दैन । त्यस्ता मानिसको शरीरमा बिस्तारै बिस्तारै तागत कम हुन थाल्छ । जसले सो व्यक्तिलाई कुनैपनि काम गर्न मन लाग्दैनन् ।

पानी कम पिउनु – हाम्रो शरीरको ७० प्रतिशत हिस्सा पानीबाट बनेको हुन्छ । यस्तो स्थितिमा शरीरमा पर्याप्त पानी भएन भने शरीरमा आन्तरिक शक्तिको कमी हुन लाग्छ । त्यसकारण पर्याप्त मात्रामा पानी पिउनु आवश्यक हुन्छ ।

कार्बाेहाईड्रेटको कमी – धेरैलाई जानकारी नहुन सक्छ कि कार्बाेहाईड्रेडको सेवनले नै शरीरलाई सबैभन्दा धेरै शक्ति दिने गर्दछ । यस्तो अवस्थामा हामीले आफ्नो खानामा कार्बाेहाईड्रेडको मात्रा बढाउनुपर्ने हुन्छ ।

आन्तरिक शक्ति बढाउनको लागि के-के खाने ?

आन्तरिक शक्ति बढाउनको लागि हामीले हाम्रो घरेलु खानामा ध्यान दिनुपर्ने हुन्छ । जसको लागि निम्न खानाहरु उपयुक्त हुने गर्दछ ।

१. दूध र मह – शरीरमा आन्तरिक शक्तिको लागि दूध र मह अति आवश्यक पौष्टिक तत्व हो । दैनिक एक गिलास दूधमा २ चम्चा मह राखेर खाने हो भने यसले शरीरमा पर्याप्त मात्रामा प्रोटिन, मिनेरल्स र कार्बाेहाईड्रेड प्रदान गर्ने गर्दछ ।

२. नरिवलको पानी – नरिवलको पानी मानिसको लागि अमृत समान हुन्छ । किनकी यसमा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट, मिनेरल्स र भिटामिन जस्ता तत्वहरु पाउने गरिन्छ । जुन हाम्रो शरीरलाई स्वस्थ राख्न एवं शरीरमा आन्तरिक शक्तिलाई मजबुत बनाउनको लागि समेत विशेष महत्व राख्ने गर्दछ । हरेक दिन उठेर खाली पेटमा नरिवलको पानी खानाले शरीरमा भरपुर उर्जा प्रदान गर्ने गर्दछ ।

३. दूध र केरा – दूध पिउनुको महत्व हेर्ने हो भने यो जेका लागि पनि फाईदाजनक हुने गरेको छ । तर, यसलाई हामीले केरासँग मिलाएर खाने हो भने यसको महत्व अलिक भिन्दै हुने गर्दछ । यसले शरीरलाई पर्याप्त मात्रामा मजबुत बनाउनको लागि मद्दत गर्ने गर्दछ । मानिसहरु प्रायः दूध र केरालाई ‘मिल्क शेक’ बनाएर पिउने गर्दछन् । प्रायः कि्रकेट खेल होस् या कुनै अरु खेल नै किन नहोस् । यो खेलको समयमा खेलाडीहरुलाई केरा खान दिने गरिन्छ । किनकी केराले हाम्रो शरीरमा तीब्र गतिमा शक्ति बढाउने गर्दछ । हरेक दिन रातमा सुत्नुभन्दा पहिले हल्का तताएको दूधमा २ या ३ वटा केरा हालेर ‘मिल्क शेक’ बनाउन सकिन्छ । यस्तो केवल एक सातासम्म निरन्तर गर्दा यसले शरीरमा नयाँ उर्जा थप्ने गर्छ ।

यस बाहेक पनि पालकको साग, चनाको साथमा शख्खर या किसमिस, नियमित पानी पिउनु पनि शरीरमा आन्तरिक शक्तिको लागि आवश्यक कुरा हो । यसबाहेक फल र हरियो तरकारीले पनि शरीरको विकासमा ध्यान दिने गर्दछ । हरियो तरकारीमा भिटामिन, मिनेरल्सहरु पर्याप्त मात्रामा पाउने गरिन्छ । यस विपरित स्याउ, अनार, केरा, फल आदि हुने गरेको छ । त्यस्तै, बियर, अण्डा आदि पनि शरीरको विकासको लागि आवश्यक खाद्य बस्तु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment