Comments Add Comment

पर्यटन दिवसमा तीन नयाँ गन्तब्य घोषणा

१० असोज, काठमाडौं । पर्यटन दिवसको अवसरमा शुक्रबार एक कार्यक्रम गरी तीन नयाँ गन्तब्य घोषणा गरिएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले गरेको सिफारिसका आधारमा यी गन्तव्य घोषणा गरिएको हो ।

धादिङको रुबीभ्याली गाउँपालिका स्थित ‘चालिस’ गाउँ, बागलुङको काठेखोला गाउँपालिकास्थित फापरखेत र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित धुन्सालाई नयाँ गन्तब्यका रुपमा घोषणा गरिएको हो । घोषित गन्तव्यलाई वर्षभर विविध पर्यटकीय गतिविधिमार्फत प्रवद्र्धन गरिन्छ ।

विश्व पर्यटन दिवसका अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले तीन वटै गन्तब्यका प्रतिनिधिलाई शुक्रबार नयाँ गन्तब्यको प्रमाणपत्र प्रदान गरे । हरेक वर्ष नयाँ–नयाँ गन्तब्य बिस्तारका क्रममा यी गाउँ छनोट गरिएको भिटोफका प्रथम उपाध्यक्ष दिपक दाहालले जानकारी दिए ।

यस वर्ष छानिएका तीन नयाँ गन्तब्य:-

चालिस (रुबीभ्याली गाउँपालिका) : धादिङ

फापरखेत (काठेखोला गाउँपालिका) : बागलुङ

धुन्सा (फक्ताङलुङ गाउँपालिका) : ताप्लेजुङ

शुक्रबार विश्वभर पर्यटन दिवस मनाइदैछ । ‘टुरिज्म एण्ड जब–ए बेटर फूचर फर अल’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइदैछ । यस अवसरमा नेपालमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय, निजी क्षेत्रका विभिन्न प्रतिनिधिमुलक संघ–संस्थाको सहभागितामा शुक्रबार विशेष कार्यक्रम आयोजना गरियो । कार्यक्रममा सहभागीहरुले भ्रमण वर्ष २०२० को लक्ष्य पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पर्यटन दिवसको अवसरमा विभिन्न नाकाबाट प्रवेश गरेका पर्यटकलाई स्वागत गर्ने तथा होटेल र रिसोर्टहरुमा छूट सुविधा दिने गरिन्छ । मन्त्रालयले रोजगारी तथा वैदेशिक मुद्रा आम्दानीको दिगो र उल्लेखनिय स्रोतका रुपमा पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा कार्यक्रम आयोजना भइरहेको बताएका छन् ।

पर्यटन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले नविनतम गन्तब्य पहिचान, पूर्वाधार विकास र गन्तब्यको संरक्षण–संवद्र्धनमा ध्यान दिनेसमेत उल्लेख गरेका छन् । पर्यटन सचिव केदारबहादुर अधिकारीले पर्यटनको दिगो र सहभागितामुलुक विकासका लागि प्रदेश र स्थानीय सरकारसँग समेत समन्वय गरिने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment