Comments Add Comment

२०७७ को दशैंमा ‘अल्लारे २’ ल्याउँदै अशोक

निर्देशक अशोक शर्माले दशैंमा चलचित्र रिलिज गर्ने क्रम नरोक्ने भएका छन् । गतबर्ष चलचित्र ‘जय भोले’बाट दशैंलाई लक्षित गर्दै चलचित्र रिलिज गरेका अशोकले यो बर्षको दशैंमा पनि चलचित्र ‘रातो टिका निधारमा’ रिलिज गरेका छन् ।

अर्को बर्षको दशैंमा चलचित्र ल्याउने वा नल्याउने बिषयमा मिडियासँग खासै खुलेर नबोलेका अशोकले अन्तत, वि.सं २०७७ को दशैं पनि नछाड्ने निश्चित भएको छ । चलचित्र ‘रातो टिका निधारमा’को अन्त्यमा आउँदो बर्ष रिलिज गर्नेगरि चलचित्र ‘अल्लारे २’ निर्माणको घोषणा गरिएको छ । यसकारणले पनि अशोकले आउँदो बर्ष नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर अभिनित चलचित्र ‘अल्लारे’को सिरिज बनाउने पक्का भएको छ ।

तर, वुझिएअनुसार अशोकले यसपटक निर्देशनको जिम्मा आफै नलिने भएका छन् । यो बर्ष छोरा अंकितलाई नायकको रुपमा चलचित्र ‘रातो टिका निधारमा’बाट डेब्यू गराएका अशोकले आउँदो बर्ष छोरी कृती शर्मालाई निर्देशकको रुपमा ‘अल्लारे २’बाट डेब्यू गराउने वुझिएको छ ।

कृती अहिले चलचित्र ‘पानी फोटो’मा सहायक निर्देशकको रुपमा काम गरिरहेकी छिन् । यसैले, आउँदो बर्षको दशैंमा पनि चलचित्र रिलिजको भागदौड हुने निश्चित देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment