Comments Add Comment

समानन्द हत्या प्रकरण : अदालत जाँदा बाटोमै कुटिए पीडित परिवार

Photo Credit : Photo Credit : समानन्दका हत्यारा पक्राउ गर्न माग गर्दै गरिएको प्रदर्शन /अनलाइनखबर फाइल ।

१० असोज, विराटनगर । समानन्द यादव हत्या प्रकरणको बहसका लागि अदालत आउँदै गरेका पीडित परिवार बाटोमै कुटिएका छन् । हत्या प्रकरणको थुनछेक बहसका लागि विराटनगर- १४ स्थित घरबाट जिल्ला अदालत आउँदै गरेका गरेका पीडित परिवारका सदस्य बाटोमै कुटिएका हुन् ।

समानन्द हत्या प्रकरणमा फरार रहेका विराटनगर-१४ का वडाध्यक्ष बलदेव यादवका आफन्तहरुले सामानन्दकी श्रीमती किन्दुलादेवी यादवमाथि बाटो छेकेर कुटपिट गरेका हुन् ।

मुद्दाको बहस सुन्न आउँदै गर्दा बाटो छेकेर आफूमाथि कुटपिट भएको यादवले गुनासो गरिन् । वडाध्यक्ष बलदेव यादव मृतक समानन्द यादव एकै गाउँका हुन् ।

बाटो छेकेर कुटपिट गरेकाहरुले अदालत परिसरमा पनि समानन्दको श्रीमतीमाथि कुटपिट गर्ने प्रयास गरेका थिए । दुई पक्षबीच झडप हुने स्थिति आएपछि प्रहरीले दुबै पक्षलाई रोकेको थियो ।

तीन वडा अध्यक्षसहित ९ जनाविरुद्ध म्याद

समानन्द हत्या प्रकरणमा फरार रहेका तीन वडा अध्यक्षसहित नौंजनालाई अदालतले २१ दिने म्याद जारी गरेको छ । न्यायाधीस राजकुमार कोइरालाको इजलासले पक्राउ पूर्जीसहितको २१ दिने म्याद जारी गरेको हो ।

यादव हत्या प्रकरणमा विराटनगर महानगरपालिका-१४ नम्बर वडाध्यक्ष बलदेव यादव, उनका छोरा रवीन, विराटनगर- १८ का अध्यक्ष सञ्जय शाह र जहदा गाउँपालिका-१ नम्बर वडाध्यक्ष प्रदीपचन्द यादव, विन्देश्वर यादव, सम्भुप्रसाद यादव, भोलु यादव, विरेश यादव, दिनेशप्रसाद यादवलाई प्रतिबादी बनाएर मुद्दा दायर गरिएको छ ।

तर, समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका पहुँचवाला वडाध्यक्षसहित अन्य व्यक्ति भने फरार छन् । वडा अध्यक्ष बलदेवका भतिज दिपेश यादव प्रहरी हिरासतमा छन् ।

विवाहको विषयमा विवाद हुँदा जेठ ३२ गते वडाध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा विराटनगर-१४ का ५५ वर्षीय समानन्द यादवमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटघाट घाइते यादवको असार २७ गते मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोससांसदको रोहवरमा हत्याको आरोपी प्रहरी कार्यालयमा, वडाध्यक्षसहित ८ फरारयो पनि पढ्नुहोसहत्या आरोप लागेपछि एक महिनादेखि ३ वडाअध्यक्ष फरार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment