Comments Add Comment

समानन्द हत्या प्रकरण : आरोपी ३ वडाध्यक्ष अझै फरार

पहुँचवालालाई प्रकाउ नगरेको भन्दै आफन्तको प्रदर्शन

Photo Credit : समानन्दका हत्यारा पक्राउ गर्न माग गर्दै गरिएको प्रदर्शन /अनलाइनखबर फाइल ।

९ असोज, विराटनगर । विराटनगर- १४ का समानन्द यादव हत्या प्रकरणमा पक्राउ परेका एकजनालाई प्रहरीले अदालतमा बुझाएको छ ।

एक महिनाको अनुसन्धानपछि प्रहरीले बिहीबार हत्या आरोपी मध्येका दिपेश यादवलाई अदालतमा बुझाएको हो । यादवको हत्या प्रकरणका आरोपी ३ वडा अध्यक्षसहित ९ जना अझै फरार छन् ।

यादव हत्या प्रकरणमा विराटनगर महानगरपालिका-१४ का वडाध्यक्ष बलदेव यादव, उनका छोरा रवीन, विराटनगर- १८ का अध्यक्ष सञ्जय शाह र जहदा गाउँपालिका-१ का वडाध्यक्ष प्रदीपचन्द यादव, विन्देश्वर यादव, सम्भुप्रसाद यादव, भोलु यादव, विरेश यादव, दिनेशप्रसाद यादवलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । तर, समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका वडाध्यक्षसहित अन्य व्यक्ति भने फरार छन् ।

यो पनि पढ्नुहोस समानन्द हत्या प्रकरण : गाउँमै छन् आरोपी, समात्दैन प्रहरी

विवाहको विषयमा विवाद हुँदा जेठ ३२ गते वडाध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा विराटनगर-१४ का ५५ वर्षीय समानन्द यादवमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटघाट घाइते यादवको असार २७ गते मृत्यु भएको थियो ।

अदालत अगाडि प्रदर्शन

पहुँचवाला जनप्रतिनिधिलाई प्रहरीले पक्राउ नगरेको भन्दै मृतकका आफन्तले जिल्ला अदालत मोरङ अगाडि प्रदर्शन गरेका छन् ।

बिहीबार पक्राउ परेका दिपेश यादवलाई उपस्थित गराउने जानकारी पाएका पीडित परिवारले अदालत अगाडि प्रदर्शन गरेका हुन् ।

पहुँचवाला वडाध्यक्षहरुलाई प्रहरीले नै जोगाएको गुनासो गर्दै पीडित परिवारले अदालतको प्रवेशद्वारा अगाडि प्रदर्शन गरेपछि प्रहरीले कडा सुरक्षा दिएर पक्राउ परेका व्यक्तिलाई अदालतमा उपथस्थित गराएको थियो ।

यो पनि पढ्नुहोस सांसदको रोहवरमा हत्याको आरोपी प्रहरी कार्यालयमा, वडाध्यक्षसहित ८ फरार यो पनि पढ्नुहोस हत्या आरोप लागेपछि एक महिनादेखि ३ वडाअध्यक्ष फरार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment