Comments Add Comment

गोठाटारबाट जोखिममा रहेका ११ जना बालबालिकाको उद्धार

१० असोज, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा सञ्चालित एक सामाजिक संस्थाबाट ११ जना बालबालिकाको शुक्रबार उद्धार गरिएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्को नेतृत्वको टोलीले सामाजिक तथा मानवीय सरोकार केन्द्र  नामक संस्थाले जोखिमपूर्ण अवस्थामा राखेका ११ जना बालबालिकाको उद्धार गरेको हो । उद्धार गरिएका सबै बालबालिका मुगुका रहेका छन् । ६ देखि १३ बर्ष उमेर समूहका बालबालिकामा ९ जना बालक र २ जना बालिका रहेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका, महानगरीय प्रहरी प्रभाग काँडाघारी, बालबालिका खोजतलास समन्वय केन्द्रको सहकार्यमा बालबालिकाको उद्धार गरिएको परिषद्का कार्यक्रम व्यवस्थापक नमुना भुसालले जानकारी दिइन् ।

उक्त संस्थाले आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०६९ मा भएको व्यवस्था विपरीत उचित खानपान, आवास र संरक्षणको प्रबन्ध नगरी संस्थामा बालबालिका राखेको पाइएकोले उनीहरुलाई उद्धार गरिएको उनले बताइन् । उद्धार गरिएका बालबालिकालाई अल्पकालिन संरक्षणको व्यवस्था गरिएको उनले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment