+
+
Shares

सप्तरीमा समाजवादी पार्टीका नेताहरुबीच कुटाकुट

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १० गते १६:५०

१० असोज, सप्तरी । समाजवादी पार्टी सप्तरीका नेताहरुबीच कुटाकुट भएको छ ।

पार्टीले बिहीबार राजविराजमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेताहरुबीच कुटाकुट भएको बताइएको छ । दशैंको अवसरमा स्थानीय साह धर्मशालामा आयोजना गरिएको कार्यक्रमपछि मदिरा पिएका नेताहरुबीच झगडा भएको बताइएको छ ।

बोल्ने जति सबैलाई जिल्ला इन्चार्ज सत्यनारायण यादवले चुप लगाउने गरेको र त्यही क्रममा जिल्ला नेता लक्ष्मण यादवसँग भनाभन भएको एक नेताले बताए । त्यही क्रममा कुटाकुट हुँदा जिल्ला इन्चाज यादवको टाउको फुटेको छ ।

उनलाई राति नै गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराइएको छ । उनको टाउकोमा चार वटा टाँका लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?