Comments Add Comment

नेकपालाई जनताको एकमात्र पार्टी बनाएपछि विश्राम लिन्छौं : प्रचण्ड

१० असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई एक वर्षभित्र सम्पूर्ण जनताको एकमात्र पार्टी बनाउने दावी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एकमात्र पार्टी  हुने गरी छिट्टै अभियान सुरु गर्ने बताए ।

‘अब केन्द्रीय समिति बैठक बसेर एउटै मन एउटै संकल्प बनाएर जनतामा जान्छौं । जनतामा गइसकेपछि एक वर्षमा सम्पूर्ण जनताको एकमात्र पार्टी नेकपा भएपछि मात्र विश्राम लिन्छौं’ उनले भने ।

उनले केही समयभित्रै केन्द्रीय समिति बैठक बोलाएर अभियान सुरु गर्ने बताए । ‘१० लाख भन्दा बढी कार्यकर्ता जिम्मेवारीविहीन भएर बसेका छन् । यसले पार्टीलाई घाटा भएको छ’ उनले भने ।

नेकपा अब घिसिपिटी नभई फड्केर अगाडि बढ्ने भन्दै उनले भने ‘हामी अगाडि बढेपछि भूत प्रेतहरुको हालत के होला ? ती भूत प्रेतहरुलाई कसरी मन्सिन पर्छ हामीलाई थााहा छ । हिजो भूत पुरेर आएका हौं ।’

चील र कुखुरा उस्तै देखिए पनि चील उड्ने तर कुखुराले नसक्ने भन्दै प्रचण्डले नेकपा चील भएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment