+
+
Shares

१८ किलो चाँदीसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १० गते १७:४५

१० असोज, जनकपुरधाम । सशस्त्र प्रहरीको टोलीले १८ किलो चाँदीसहित जनकपुरधामबाट एक युवकलाई पक्राउ गरेको छ ।

चेकजाँचका क्रममा जनकपुरधाम उप–महानगरपालिका २२ स्थित बासबिट्टीबाट शुक्रबार महोत्तरीको पिपरा गाउँपालिका ५ सहरबा निवासी भरतकुमार साहलाई १८ किलो चाँदीसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बेस क्याम्प मुजेलियाले जनाएको छ ।

ज.७प ५७७१ नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका ३० बर्षीय साहको साथबाट उक्त चाँदी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । १३ लाख ५० हजार रुपैयाँ बराबरको उक्त चाँदीलाई भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?