+
+
Shares

गण्डकी प्रदेशमा घटस्थापनाका दिन सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १० गते १८:४५

१० असोज, पोखरा । गण्डकी प्रदेश सरकारले दशैंको घटस्थापनामा सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले घटस्थापनामा बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । यस वर्षको घटस्थापना पर्सि १२ गते परेको छ ।

गण्डकी प्रदेश सरकारले दिएको यो चौथो बिदा हो । यसअघि ल्होछार, माघे संक्रान्ति र प्रदेश स्थापना दिवसका दिन फागुन ४ गते सार्वजनिक बिदा बिदा दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?