+
+
Shares

थापालाई दावा नुर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ११ गते १७:४२

११ असोज, काठमाडौं । नेपाल पर्वतारोहण संघले पत्रकार भरतबन्धु थापालाई दावा नुर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित गरेका छ । नेपाल पर्वतारोहण संघले थापालाई नेपालको पर्यटन क्षेत्रमा शब्द, चित्र तथा भिडियोबाट योगदान पुर्‍याएको भन्दै नगदसहित सम्मान गरेको हो ।

सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले नगद १८ हजार ७ सय ५० रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।

विगत पन्ध्र वर्षदेखि तस्वीरको माध्यमद्वारा प्रर्वद्धन गदै आएका थापाले वाईल्ड वेष्ट नेपाल र गन्तब्य कर्णाली फोटो किताव प्रकाशन गरिसकेका छन् । थापा सहित जुली गुरुङलाई समेत पुरस्कार प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?