+
+
Shares

सिद्धबाबामा गुडिरहेको बसमाथि ढुंगा खस्यो, पाँच यात्रु घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ११ गते १८:१६

११ असोज, बुटवल । रुपन्देही र पाल्पाको सीमा नजिकै रहेकोे दोभान-सिद्धबाबा सडकखण्डमा गुडिरहेको बसमा ढुंगा खस्दा पाँच जना यात्रु घाइते भएका छन् ।

तानसेनबाट बुटवल आउँदै गरेको लु १ ख ६१८० नम्बरको बसमाथि ढुङ्गा खसेको हो । ढुंगा खस्दा बस चालक तिलोत्तमा नगरपालिका-४ का वषर्ीय कमल राउतसहित पाँच जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा वालिङ नगरपालिका १४ की ३८ वर्षीया रोमादेवी डुम्रे, नौतुना भारतकी २६ वर्षीया श्रीमाया साहानु, तिनाउँ गाउँपालिका-६, मस्याम ५२ वर्षीय टिकाराम भण्डारी र माथागढी-५, हात्तीलुङका २३ वर्षीय सन्तोष चौहान छन् ।

घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि भइरहेकोे दोभान प्रहरी चौकी प्रमुख बालबहादुर घर्तिमगरले बताए ।

बसमा २० जना यात्रु सवार रहेका थिए । अरु भने सुरक्षित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?