+
+
Shares

संविधान संशोधन नभए सरकार छाड्छौं : अशोक राई

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १२ गते १२:१५

१२ असोज, बुटवल । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन नभए आफ्नो पार्टीले संघीय सरकार छाड्ने बताएका छन् ।

आइतबार बुटवलमा आयोतित एक कार्यक्रममा राईले संविधान संशोधनको मुद्दामा सरकार मौन बसेको भन्दै असन्तुष्टि जनाए । प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पहिचान सहितको संघीयता लगायतका विषयहरु संविधान संशोधन गर्नुपर्ने उनकेा माग छ ।

समाजवादी पार्टीका नेता राईले जनताको चाहनाअनुसार सरकार सञ्चालन हुन नसकेको आरोप लगाए ।

भ्रष्टाचार, घुसखोरी बढेको र यो नरोकिए जनता निरास भएर सडकमा आउनसक्ने उनको विश्लेषण छ । आफ्नेा पार्टी सरकारमा भएपनि गलत कामको विरोध गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?