Comments Add Comment

धादिङमा बस दुर्घटना हुँदा पाँच जना घाइते

१२ असोज, धादिङ । धादिङकको नेत्रावती गाउँपालिका-५ मा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

आइतबार बिहान साढे आठ बजे धादिङको नेत्रावती गाउँपालिका-५ केरुङ्जास्थित लापाङबाट सदरमुकाम धादिङबेशीतर्फ आउँदै गरेको बा४ख ५७९३ नम्बरको बस आफैँ अनियन्त्रित भइ  सडकबाट केही मिटर तल खसेको थियो ।

दुर्घटनामा ३ महिला र २ पुरुष गरी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

दुर्घटनामा घाइतेमध्ये धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५ कटुञ्जे बस्ने ६४ वर्षीय दलबहादुर तामाङ, सोही ठाउँ बस्ने ४८ वर्षीय चन्द्र परियार भन्ने राजु परियार, ६० वर्षीया कान्छीमाया भन्ने सन्तमाया तामाङको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार ५५ वर्षीया हस्त कुमारी तामाङ र १९ वर्षीया लक्ष्मी तामाङ (गुरुङ)को अवस्था सामान्य छ ।

घाइते सबैलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल धादिङबेँसी ल्याइएको छ । बस चालक काठमाडौं महानगरपालिका-३ रामकोट बस्ने २६ वर्षीय सरोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment