+
+
Shares

जोशी समूहले ब्यूँतायो नेकपा संयुक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १२ गते १६:४४

१२ असोज, काठमाडौं । चन्द्रदेव जोशीको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयुक्त ब्यूँताएको छ ।

नेकपा संयुक्तले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तत्कालीन माओवादीसँग एकता गरेको थियो । तत्कालीन अध्यक्ष गणेश साह नेकपा स्थायी कमिटी सदस्य छन् ।

तर जोशी समूहले नेकपा संयुक्त ब्यूँताएको छ । ‘पार्टी एकता गर्ने सहमति भएको हो तर कमिटीहरु एकताबारे कुनै कुरा भएन’ अध्यक्ष जोशीले भने, ‘त्यसपछि हामीले चैतमा राष्ट्रिय सम्मेलन गरेर पार्टीलाई अगाडि बढाउने निर्णय गरेका छौं ।’

उनकाअनुसार गणेश साहसँगै सुनिल मानन्धरसहित केही नेता मात्र नेकपामा गएका छन् । केही निष्क्रिय बसेका छन् भने अरु नेकपा संयुक्तमा नै क्रियाशील छन् ।

पार्टी मंसिर १४ मा हुने उपचुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गरेर पुरानै हसिया चुनाव चिन्ह लिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?