Comments Add Comment

जोशी समूहले ब्यूँतायो नेकपा संयुक्त

१२ असोज, काठमाडौं । चन्द्रदेव जोशीको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयुक्त ब्यूँताएको छ ।

नेकपा संयुक्तले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तत्कालीन माओवादीसँग एकता गरेको थियो । तत्कालीन अध्यक्ष गणेश साह नेकपा स्थायी कमिटी सदस्य छन् ।

तर जोशी समूहले नेकपा संयुक्त ब्यूँताएको छ । ‘पार्टी एकता गर्ने सहमति भएको हो तर कमिटीहरु एकताबारे कुनै कुरा भएन’ अध्यक्ष जोशीले भने, ‘त्यसपछि हामीले चैतमा राष्ट्रिय सम्मेलन गरेर पार्टीलाई अगाडि बढाउने निर्णय गरेका छौं ।’

उनकाअनुसार गणेश साहसँगै सुनिल मानन्धरसहित केही नेता मात्र नेकपामा गएका छन् । केही निष्क्रिय बसेका छन् भने अरु नेकपा संयुक्तमा नै क्रियाशील छन् ।

पार्टी मंसिर १४ मा हुने उपचुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गरेर पुरानै हसिया चुनाव चिन्ह लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment