Comments Add Comment

टेबलटेनिस खेलाडी छनोट

१२ असोज, काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडीको अन्तिम छनोट पूरा भएको छ ।

पुरुष/महिला दुवैमा समान ५–५ खेलाडी छनोट भएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् ।

पुरुषमा नेपाल प्रहरीका विनेश खनियाँ, एपीएफका पुरुषोत्तम वज्राचार्य र शिवसुन्दर गोथे, प्रदेश ३ का सम्योग कपाली तथा प्रहरीका सुनील महर्जन शीर्ष पाँच स्थानमा रहँदै छनोट भए ।

महिलामा शीर्ष ५ मा रहँदै छानिनेमा क्रमशः प्रहरीकी नविता श्रेष्ठ, नेपाल आर्मीकी रविना महर्जन र दक्षिा तामाङ, प्रहरीकी एलिना महर्जन तथा एपीएफकी सिका सुवाल छन् ।

पुरुषतर्फ नम्बर वान खेलाडी श्यान्टु श्रेष्ठ सवारी दुर्घटनामा परेका कारण अन्तिम छनोटमा सहभागी हुन पाएनन् । ‘फिट’ भएको खण्डमा श्यान्टुले शीर्ष ५ मा छनोट भएका खेलाडी सुीनलसँग पुनः छनोट खेल्न अवसर पाउने प्रथम उपाध्यक्ष बज्राचार्यले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment