Comments Add Comment

शरीरमा यस्ता समस्या देखिए तत्काल रोक्नुपर्छ उपवास

आयुर्वेद शास्त्रका अनुसार शरीरमा रहेको विषाक्त पदार्थलाई समाप्त गर्नको लागि सबैभन्दा राम्रो तरिका उपवास या व्रत बस्नु हो । उपवास पेटभित्र रहेको ग्यासको समस्या समाधान गर्नको लागि सबैभन्दा उपयुक्त उपचार हो । आयुर्वेदले उपवासको कैयौं लाभबारे बताएको छ । आयुर्वेदले उपवास सम्बन्धी पनि कैयौं नियमहरु बताएको छ । लामो समयसम्म नियमित व्रत बस्ने भन्दा पनि २-३ दिन को अन्तरालमा नियमित उपवास बस्नु राम्रो हुन्छ । तर, यो प्रक्रिया नियमित हुनु पनि जरुरी छ । कस्तो मानिसले कतिदिनसम्म व्रत बस्ने ? यो विषयमा पनि आयुर्वेदमा अलग अलग विषय उल्लेख गरेको छ । व्रत सम्बन्धी आयुर्वेदको नियम तल उल्लेख गरिएको छ ।

व्रतसम्बन्धी आयुर्वेदको नियम

बात रोगीको लागि उपवास

कुनैपनि बात रोगीहरुले सातामा तीन दिन वा त्यो भन्दा धेरै व्रत बस्नु राम्रो हुँदैन । किनकी यस्ता मानिसहरु लामो समयसम्म उपवास बस्दा शरीरमा वातको विकृति हुने गर्दछ भने शरीरमा कमजोरी वा अशान्ति सिर्जना हुने गर्दछ ।

पित्त रोगीको लागि उपवास

पित्तमा दोष उत्पन्न हुने रोगीको लागि हप्तामा चार दिनभन्दा धेरै व्रत बस्नु हुँदैन । चार दिनभन्दा धेरै उपवास बस्दा शरीरमा अग्नितत्व बढी हुन्छ । जसबाट छिटो रिस उठ्ने र साथमा चक्कर पनि आउने समस्या हुने गर्छ ।

कफ रोगीको लागि उपवास

कफ रोगीहरु लामो समयसम्म उपवास बस्न सक्दछन् । उपबास बस्दा राम्रो महसुस गर्दै त्यस्ता रोगीको ध्यान पनि असल कामतिर मात्रै हुने गर्दछ । त्यस्ता मानिसहरु कुनैपनि काममा केन्द्रीत हुने गर्दछन् । त्यसैले यस्ता रोगीहरुलाई उपवास बस्नु बढी फाईदाजनक मानिन्छ ।

कुन् समयमा बस्नुहुँदैन व्रत ?

व्रत बस्ने समयमा हाम्रा पाचनतन्त्रहरु आराम गरिरहेका हुन्छन् । यसको लागि पाचन अग्निमा दबाब सिर्जना गर्नु अति आवश्यक हुने गर्दछ । यदि हामी यसमध्ये कुनैपनि लक्षणलाई महसुस गर्दछौं भने त्यस्तो अवस्थामा तत्कालै व्रत बस्न बन्द गर्नुपर्छ ।

पेट दुखेको बेलामा

यदि व्रत बस्ने मानिसको पेटमा दुखाई सिर्जना हुनु, जलन र ग्यास भरिएको अनुभव हुन्छ भने तुरुन्त व्रत भंग गर्नुपर्दछ ।

वान्ता हुनु वा बेहोशी हुनु

व्रतको समयमा यदि वान्ता हुने, चक्कर आउने र बेहोस हुने भयो भने पनि तत्कालै उपवास बन्द गर्नुपर्दछ । यसले हाम्रो शरीरमा ग्लुकोजको जरुरत परेको संकेत गर्दछ । वान्ता हुने समस्याले हाम्रो शरीरमा ग्यासिट्रक र इलेक्ट्रोलाईटको असन्तुलनलाई दर्शाउने गर्छ । यस्तो अवस्थामा हामीले तुरुन्त उपवासलाई अन्त्य गर्नुपर्दछ । साथमा बिरामीलाई फलको जुस खुवाउनु पर्दछ । फलको जुसबाट बिरामीले प्राकृतिक रुपमा ग्लुकोजको आवश्यकता पूरा गर्दछ ।

छातीमा समस्या आएमा

छातीमा समस्या आएको खण्डमा पनि उपवासबाट विश्राम लिनुपर्ने हुन्छ । यदि तपाईंको शरीर उपवासको लागि योग्य वा तयार छैन भने त्यस्तो अवस्थामा उपवास नबस्नुमा नै भलाई हुने गर्दछ । छाती पेट या पेटको आसपास हुने दुखाईले अरु रोगलाई समेत निम्त्याउन सक्छ । यसको लागि छातीको आसपास व्रतको समयमा दुखाईको समस्या आएको खण्डमा उपवास बन्द गर्नुपर्दछ ।

झाडापखाला

कुनैपनि मानिस व्रत बसेको मानिस झाडापखालाबाट ग्रसित छ भने तत्कालै उसले उपवास बन्द गर्नु पर्दछ । झाडा पखाला शरीरमा पानी वा पोषक तत्वको कमि तथा प्रायः गलत खानपिनको कारणले हुने गर्दछ । उपवासको समयमा हामीले खाने फल या भोजनको मात्रा या गुणको कारणले पनि हुने गर्दछ ।

महिनावारी

महिनावारी भएको समयमा महिलाहरुको शारीरिक शक्ति अरु सामान्य दिनहरुमा भन्दा कम हुने गर्दछ । यस समयमा शरीरलाई शक्ति पनि धेरै आवश्यक पर्दछ । यदि त्यो समयमा उपवास गरियो भने त्यसले शरीरको शारीरिक गतिविधिमा बृद्धि गराउँछ । त्यसैले महिनावारीको समयमा उपवास बस्नु हुँदैन ।

उपवास समाप्त गर्ने सही तरिका

उपवास कसरी तोड्ने ? यो जान्नु पनि उपवासको एक महत्वपूर्ण हिस्सा हो । उपवासको समयमा हाम्रो शरीर आरामको अवस्थामा हुन्छ । यो समयमा हाम्रो पेट खाली भएर चाउरी पर्न थालेको हुन्छ । जसका कारण खाना खाने समयमा बिस्तारै बिस्तारै थोरै खानाबाट सुरु गर्नुपर्दछ । यदि हामीले एकैपटक भारी भोजन ग¥यौं भने हाम्रो शरीरमा त्यो अपच हुनसक्छ । कतिपय अवस्थामा त यसले गम्भीर समस्या समेत निम्त्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment