Comments Add Comment

नेपाल खुला दिसामुक्त राष्ट्र घोषित

१३ असोज, काठमाडौं । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको घोषणा गरेका हुन् ।

सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो । सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

घोषणाअघि खानेपानी मन्त्रालयका सचिव माधव बेलबासेले आधारभूत सरसफाइमा शतप्रतिशत सफलता हासिल भएको उल्लेख गर्दै अब पूर्ण सरसफाइमार्फत स्वच्छ र स्वस्थ्य नेपाल निर्माण गरिने बताए ।

उनका अनुसार १९८० मा २ प्रतिशत नेपालीको घरमा चर्पी रहेकामा सन् २०१० मा ४३ प्रतिशत पुगेको गियो । २०११ मा सरसफाइ गुरुयोजनामार्फत जनताकै लगानीमा २०१९ सम्म आधारभूत सरसफाइ अन्तरगत शतप्रतिशत घरमा चर्पी निर्माण भएको पनि उनले जानकारी दिए ।

अभियानमा सबै राजनीतिक दल, पेशा र व्यवसायमा संलग्न रहेकाले पनि देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सक्ने अवस्थामा आइपुगेको खानेपानी मन्त्रालयको भनाइ छ । खुला दिसामुक्त राष्ट्र घोषणा भएसँगै सरसफाइ अभियानलाई तीव्रता दिने सरकारको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment