Comments Add Comment

कृष्ण पहाडीलाई मातृ शोक

१३ असोज, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीलाई मातृ शोक परेको छ ।

पहाडकी आमा राधादेवी दाहालको ७५ बर्षको उमेरमा निधन भएको हो ।

आइतबार राति बिराटनगर स्थित आफ्नै निवासमा उनको निधन भएको हो ।

मानव अधिकार तथा शान्ति समाज उनको निधनप्रति गहिरो शोक ब्यक्त गरेको छ ।

उनको अमर आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्नसक्ने शक्ति प्राप्त होस भन्दै विज्ञप्ति जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment