Comments Add Comment

श्रीलंकाविरुद्धको खेलमा बाबर अजामको शतक

१३ असोज, काठमाडौं । श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पाकिस्तानका बाबर अजामले शतक बनाएका छन् ।

२००९ पछि पहिलो पटक आफ्नै भूमिमा भएको एकदिवसीय क्रिकेटमा बाबरले शतक बनाएका हुन् । बाबरले ९७ बलमा शतक बनाएका हुन् । उनको यो ११औं एकदिवसीय शतक हो ।

कराँचीस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बाबरको यो शतकसँगै पाकिस्तान राम्रो स्थितिमा पुगेको छ । बाबर १०५ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै ११५ रन बनाएर आउट भए । पाकिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।

सन् २००९ पाकिस्तानी क्रिकेटको लागि यो वर्ष कालो वर्ष हो । श्रीलंका र पाकिस्तानबीचको टेष्ट सिरिज लाहोरमा हुदै थियो । यहि टेष्टका लागि जादै गरेको श्रीलंकन खेलाडी बोकेको बसमा आतंककारी हमला हुदा श्रीलंकन खेलाडी घाइते हुन पुगेका थिए भने ६ पाकिस्तानी पुलिस र दुई सर्वसाधारणको हत्या भएको थियो ।

सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै आईसीसीले पाकिस्तानलाई कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज गर्न लामो समय प्रतिबन्ध लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment