Comments Add Comment

प्रहरीमा सुधारका कार्यलाई निरन्तरता दिनुको विकल्प छैनः सर्वेन्द्र खनाल

महाराजगञ्जको अत्याधुनिक प्रहरी कार्यालय उद्घाटन

१४ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लैनचौर र महाराजगञ्ज प्रहरी वृत्तको अत्याधुनिक भवन उद्घाटन गरेका छन् । मंगलबार बिहान आयोजित औपचारिक कार्यक्रमका बीच खनालले प्रहरी कार्यालयको उद्घाटन गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयबाहेक अन्य प्रहरी भवनमध्ये ‘लिफ्ट’सहितको सुविधा भएको पहिलो भवन महाराजगञ्ज वृत्तको भएको प्रहरी अधिकृतहरु बताउँछन् । भवनमा महिला, पुरुष, भीआईपी÷भीभीआईपी र बालबालिकालाई राख्ने छुट्टाछुट्टै हिरासत कक्ष छ ।

‘यो भवन डीएफआईडीको सहयोगमा ११ करोडको लागतमा निर्माण भएको हो’, महाराजगञ्जका डीएसपी उमेश लम्सालले अनलाइनखबरसँग भने, ‘भवन निर्माण सम्पन्न गर्नका लागि २६ महिना लागेको थियो ।’
उनका अनुसार भवनमा अन्डरग्राउण्ड पार्किङको सुविधा पनि छ ।

सुन्दर भवनमा सुन्दर काम होस्ः खनाल

भवन उद्घाटन गरेपछि सम्बोधन गर्दै आईजीपी खनालले भवनको सुन्दरतासँगै सेवा प्रवाह पनि सुन्दर हुनुपर्ने बताएका छन् ।

‘म पनि यही क्षेत्रको वासिन्दा हुँ । यहाँको कुरा त झन् म तत्कालै सुन्ने गर्छु’, खनालले भने, ‘यो उद्घाटन गरिरहँदा कोही पनि पीडित महाराजगञ्जमा पुग्दा अधिकारमा नपरेका कुनै मुद्दा छ भने पनि सहजिकरण गर्दिन्छन् भन्ने सुन्न म लालायित छु ।’

उनले सरकारले अवलम्बन गरेको नीति अनुरुप महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई गर्ने सम्मानको सन्दर्भमा लिफ्टसहितको अत्याधुनिक भवन बनाइएको बताए । ‘प्रहरीलाई मोड्रनाइजेसन गर्ने सन्दर्भमा डीएफआईडीले गरेको सहयोगका लागि पनि धन्यवाद दिन चाहन्छु’, उनले भने ।

खनालले सेवा प्रवाहको विषयमा प्रहरी अधिकृत संवेदनशीलत भएर अघि बढ्नुपर्ने पनि बताए । ‘यो अफिसमा जान साथ मेरा समस्याहरु सुल्झिन्छन् भन्ने सर्वसाधारणले सोच्ने वातावारण हुनुपर्छ’, उनले थपे ।

प्रहरी संगठनले विगतका भएका सुधारका कार्यक्रमलाई निरन्तरता दिनुको विकल्प नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment