+
+
Shares

रसुवाको पदमार्गमा निस्केका दुई पर्यटक १० दिनदेखि बेपत्ता

प्रहरी भन्छ– सम्भावित क्षेत्रमा खोजी कार्य भइरहेको छ

रासस रासस
२०७६ असोज १५ गते ११:२६
Photo Credit : सांकेतिक तस्वीर

१५ असोज, रसुवा । उत्तरी रसुवाकाे  तामाङ सम्पदा पदमार्गमा निस्किएका २ पर्यटक १० दिनदेखि बेपत्ता भएका छन् ।

पदमार्गमा निस्किएका नेदरल्याण्डका २७ वर्षीय थोमस र कोरियाका ४२ वर्षीय सिसुङ १० दिनदेखि हराइरहेका हुन् । प्रहरीका अनुसार असोज ५ गते बिहान तामाङ पदमार्गअन्तर्गत थुमन क्षेत्रमा देखिएका उनीहरू त्यसयता हराइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, रसुवाले पर्यटक सम्पर्कविहीन भएपछि उनीहरूको खोजीका लागि प्रहरी नायव उपरीक्षक भागेन्द्रपुरूष ढकालको नेतृत्वमा एक टोली परिचालन गरेको जनाएको छ । पर्यटकको खोजीमा खटिएका ढकालले थुमन क्षेत्र आसपासबाट उनीहरू बेपत्ता भएको देखिन आएकाले त्यस वरपर खोजी भइरहेको जानकारी दिए ।

पर्यटक प्रहरी चौकी स्याफ्रुबेँसीको अभिलेखअनुसार ती पर्यटक भदौ २७ गते रसुवाको स्याफ्रुबेँसीमा बास बसी गत भदौ २८ गतेदेखि तामाङ सम्पदा पदमार्गतर्फ गएका थिए । तामाङ सम्पदामार्ग उत्तरी रसुवाको गोल्जुङ, गतलाङ, पार्वतीकुण्ड, चिलिमे, तातोपानी, नाकथली, थुमन र बृद्धिमको भूभागले मान्यता पाएको र ती क्षेत्रमा भारी वर्षा तथा निरन्तर प्रतिकूल मौसमको प्रवाह नगरी खोजीकार्यमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

यस्तै सशस्त्र प्रहरी बल २० नम्बर गुल्म धुञ्चेका प्रहरी अधिकृत तथा जवानसमेत खोजी तथा उद्वारमा परिचालन भएको सशस्त्र प्रहरी नीरिक्षक होेमनाथ नेपालले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?