Comments Add Comment

बार्सिलोनाको जितमा स्वारेजको दुई गोल

Photo Credit : च्याम्पियन्स लिग

१६ असोज, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको छ ।

बुधबार राति आफ्नै घरेलु मैदानमा भएको समूह ‘एफ’को खेलमा बार्सिलोनाले इन्टर मिलानलाई २–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गरे । यता, इन्टर मिलानको लागि लउटारो मार्टिनेजले गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने इन्टर मिलानले बनाएको थियो । खेलको दोस्रो मिनेटमा नै मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई १–० गोलको अग्रता दिलाए । पहिलो हाफसम्म १–० ले पछि परेको बार्सिलोनाले दुबै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ५८औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको स्थितिमा ल्याए । खेलको ८४औं मिनेटमा बार्सिलोनाका लागि स्वारेजले अर्को गोल थपेपछि खेल २–१ गोलअन्तरले जितेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment