Comments Add Comment

नवरात्रिकी पाचौं देवी स्कन्दमाताको महत्व र मनपर्ने प्रसाद

नवरात्रिको पाँचौं दिन आज स्कन्दमाताको पूजा आराधना गरिन्छ । स्कन्दमाताको दाहिने हातमा कमलको पुष्प, बायाँ हातमा वरमुद्रा रहेको छ । यी देवीका तीन आँखा र चार हातहरु छन् । वर्ण पूर्णतः शुभ कमलासनमा विराजमान भएकी स्कन्दमाताको वाहन सिंह हो । यी मातालाई पद्मासन देवी पनि भनिन्छ । यिनका पुत्र स्कन्दमाताको काखमा बसेका छन् ।

आराधनाको महत्व

शास्त्रहरुमा देवी स्कन्दमाताको आराधनाको महत्व धेरै रहेको छ । यी देवीको उपासना गर्नाले भक्तहरुको समस्त इच्छाहरु पूरा हुनुको साथै भक्तहरुलाई मोक्ष प्राप्त हुन्छ । सूर्य मण्डलकी अधिष्ठात्री देवी भएकी कारण यिनको उपासक अलौकिक तेज र कान्तिमय हुन्छ । त्यसकारण मनलाई एकाग्र राखेर र पवित्र भएर यी देवीको आराधना गर्ने साधक अथवा भक्तलाई भवसागर पारगर्न कुनै किसिमको कठिनाई भोग्नुपर्दैन ।

स्कन्दमाताको उपासनाले भक्तको समस्त मनोकामनाहरु पूर्ण हुन्छ । मृत्युलोकमा पनि उसलाई परम शान्ति र सुखको अनुभव हुनथाल्छ र मोक्ष प्राप्त हुन्छ । सूर्य मण्डलकी देवी भएको कारण यिनको उपासक आलौकिक तेज एवं कान्तिले सम्पन्न हुन्छ । साधकलाई अभिष्ट वस्तु प्राप्तहुनुको साथै महान् ऐश्वर्य प्राप्त हुन्छ ।

पञ्चमी तिथिको दिन पूजा गरेर भगवती दूर्गालाई केराको भोग लगाउनुपर्छ र यो प्रसादलाई ब्राह्मणलाई दिनुपर्छ । यसो गर्नाले मनुष्यको बुद्धिको विकास हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment