
१६ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१३ स्थित राधेमाईचोकबाट लागूऔषध मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-२३ सबैठवाका ३६ वर्षीय सोनालाल प्रसाद कुशवाहा रहेका छन् ।
पर्सा जिल्ला अदालतको २०७१ बैशाख ०४ गतेको फैसला आदेशले लागूऔषध खैरो हेरोईन मुद्दामा दोषी ठहर गर्दै उनी विरुद्ध ६ बर्ष कैद र १० हजार रुपैयाँ जरीवाना तोकिएको थियो । त्यसबेला देखि नै उनी फरार थिए । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्लको कमाण्डमा खटिएको टोलीले असोज १५ गते वीरगञ्ज महानगरपालिका वडा नं १३ राधेमाई चोकबाट उनलाई नियन्त्रणमा लिएको थियो ।
आवश्यक कारबाहीका लागि उनलाई पर्सा जिल्ला अदालत बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4