+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

आफ्नै प्रतिवद्धता विपरीत मेयर पराजुलीले लिए भत्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १६ गते २०:३३

१६ असोज, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आफ्नै प्रतिवद्धता विपरीत विदेश भ्रमण भत्ता बुझ्ने गरेको पाइएको छ ।

पराजुलीले विदेश भ्रमण गर्दा महानगरको एक रुपैयाँ पनि खर्च नगर्ने बताउँदै आएका थिए । तर अमेरिका, मलेसिया र चीन भ्रमणमा जाँदा महानगरको कोषबाट १३ सय ७५ अमेरिकी डलर बुझेको पाइएको छ । उनले जम्मा एक लाख ५७ हजार २ सय १५ रुपैयाँ भ्रमण भत्ता लिएको महानगरको तथ्याङ्कमा उल्लेख छ । उनले टीएडीए सुविधा पनि लिने गरेका छन् ।

महानगरको आर्थिक प्रशासन शाखा स्रोतका अनुसार पराजुलीले सन् २०१८ जुलाई २४,२५ र २६ गते मलेसिया जाँदा ४१ हजार २ सय १५ रुपैयाँ टीएडीए बुझेका छन् । ६ भदौ २०७५ मा चार दिने चीन भ्रमणमा जाँदा ५८ हजार र १९ असोज २०७५ मा चार दिने अमेरिका भ्रमणमा पुगेका पराजुलीले ५८ हजार टीएडीए बुझेका हुन् ।

प्रदेश सरकारले जनप्रतिनिधी विदेश भ्रमणमा जाँदा दैनिक १२५ रुपैयाँ भत्ता लिन सक्ने प्रावधान तोकेको छ । सोही प्रावधानका आधारमा पराजुलीले भत्ता बुझेका हुन् ।

पराजुलीले पछिल्लो समय भ्रमणको भत्ता भने लिएका छैनन् । तर विदेश यात्राका लागि विराटनगरबाट काठमाडौं यात्रा गर्दा महानगरको आर्थिक स्रोतबाट टिकट काट्ने गरेका छन् ।

सुरुमा विदेश जाँदा भत्ता नबुझेको बताउने मेयर पराजुलीले अहिले भने भत्ता लिएको स्वीकार गरेका छन् । ‘तीन देशको ११ दिनको भ्रमण भत्ता बुझेको छु’, उनले भने, ‘तर त्यो भत्ता व्यक्तिगत रुपमा खर्च गरिनँ, सामाजिक कार्यमा लगाएको छु ।’

भत्ता बापत पाएको रकममा थप गरी लक्ष्मीनारायण संस्कृत विद्यालय र धुर्मुस सुन्तली फाउण्डेशनलाई १ लाख ११ हजारका दरले सहयोग गरेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?