+
+

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १८ गते ९:१०

१८ असोज, वीरगञ्ज । चोरी मुद्दामा फरार एक अभियुक्तलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२, छपकैया बस्ने २० वर्षीय सफरेज देवान पक्राउ परेका हुन् ।

पर्सा जिल्ला अदालतले देवानलाई चोरी मुद्दामा दोषी ठहर गर्दै ०७५ जेठ १ गते १ महिना कैद र रु ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर, उनी फैसला सुनाएलगत्तैदेखि फरार थिए ।

वडा प्रहरी कार्यालय, बिर्ता पर्साबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा देवानलाई असोज १७ गते लुकिछिपी बसेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालत पठाउने तयारी प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?