+

रोहितले बनाए एउटै टेष्टमा धेरै छक्काको रेकर्ड

२०७६ असोज  १८ गते १७:४६ २०७६ असोज १८ गते १७:४६
रोहितले बनाए एउटै टेष्टमा धेरै छक्काको रेकर्ड

काठमाडौं । भारतीय ब्याट्सम्यान रोहित शर्माले एउटै टेष्ट म्याचमा सबभन्दा बढी छक्काको रेकर्ड बनाएका छन् ।

टेष्ट म्याचमा आफ्नो प्रदर्शनलाई लिएर आलोचना खेपिरहेका रोहितले भारतीय पिच र दक्षिण आफ्रिकाको औसत बलिङकोे फाइदा उठाए । पहिलो पारीमा १७६ रन बनाएका उनले दोस्रो पारीमा १२७ रन हाने । यो उनको टेष्ट करियरको पाँचौं शतक हो ।

रोहितले पहिलो पारीमा छ छक्का हाने भने दोस्रो पारीमा सात । यससँगै उनी एक टेष्टमा सबभन्दा बढी छक्का हान्ने ब्याट्सम्यान बनेका छन् ।

उनले वसीम अकरमले १९९६ मा बनाएको एउटै टेष्टमा १२ छक्काको रेकर्ड तोडेका हुन् ।

साथै २०१५ मा अजिन्क्या रहानेपछि एक टेष्टको दुबै पारीमा शतक बनाउने भारतीय ब्याट्सम्यान समेत बनेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय