Comments Add Comment

टोटनहृयामको अर्को खराब प्रदर्शन, ब्राइटनसँग पनि हार्‍यो

काठमाडौं । च्याम्पियन्स लिगमा बार्यन म्युनिखसँग लज्जास्पद हार व्यहोरेको टोटनहृयामले पि्रमियर लिगमा पनि खराब प्रदर्शन गरेको छ । र, ब्राइटनसँग ३-० ले पराजित भएको छ ।

यो साता टोटनहृयाम च्याम्पियन्स लिगमा बार्यज म्युनिखसँग ७-२ गोल अन्तरले पराजित भएको थियो ।

प्रशिक्षक मौरिसियो पोचेटिनो र उनका खेलाडीले सुधारिएको प्रदर्शन गर्ने अनुमान थियो । तर निल माउपेले तेस्रो मिनेटमा नै ब्राइटनलाई अग्रता दिलाए ।

माउपेको एयर बल नियन्त्रणमा लिने प्रयासमा टोटनहृयामका गोलकिपर हृयुगो लोरिसलाई चोट लाग्यो । हातमा लागेको चोटका कारण उनले आठौं मिनेटमा मैदान छाडे ।

उत्कृष्ट प्रदर्शन गरेको घरेलु टोलीले ३२ औं मिनेटमा अग्रता दोब्बर बनायो, जतिबेला आरोन कोनोलीले गोल गरे । दोस्रो हाफको ६५ औं मिनेटमा कोनोलीले व्यक्तिगत दोस्रो गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment