Comments Add Comment

प्रदेश २ का सभामुखले लगाइदिए सुरक्षाकर्मीलाई टीका

२१ असोज, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभामा कार्यरत सुरक्षाकर्मीलाई सभामुख सरोजकुमार यादवले विजयादशमीको टीका लगाइदिएका छन् ।

दशैंमा समेत घर जान नपाएका सुरक्षाकर्मी र मर्यादापालकलाई सभामुख यादवले प्रदेशसभा प्राङ्गणमा रहेको निवासमा बोलाएर टीका लगाइदिएका हुन् ।

सभामुख यादवले टाढा–टाढाबाट आफ्नो ड्यूटी गर्न आएका सुरक्षाकर्मीलाई निराश हुन नदिन टिका लगाइदिएको बताए ।

उनले टीका र जमरा लगाइदिँदै सुरक्षाकर्मीलाई आफ्नो घर जान नपाए पनि यहीं दशैंको अनुभूति गर्न सकोस् भन्नका लागि पनि टीका कार्यक्रमको आयोजना गरिएको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment