+
+

सी को भ्रमणका क्रममा सुपुर्दगी सन्धि नहुने

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २३ गते १२:४६

२३ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणका क्रममा सुर्पुदगी तथा पारस्परिक कानुनी सहायता सन्धिमा हस्ताक्षर नहुने भएको छ ।

पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग बिहीबार भएको छलफलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यो जानकारी दिएका हुन् । ज्ञवालीले सुपर्दगी सन्धि एजेण्डामा नै नरहेको जानकारी गराएका थिए ।

‘अरु छिमेकी देशहरु पनि छलफल भइरहेको छ । चीनसँग पनि हुन्छ । तर यही भ्रमणमा सुपुर्दगी सन्धिमा हस्ताक्षर नहुने जानकारी गराइयो’, पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने ।

राष्ट्रपति सी शनिबार नेपाल आउँदैछन् ।

चीनले सीको यो भ्रमणका क्रममा सुर्पुदगी सन्धिमा हस्ताक्षर गर्न निकै जोड दिएको थियो ।

सन् २००९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन जाँदा सुर्पुदगी सन्धि गर्ने प्रस्ताव राखेको थियो भने तीन वर्षअघि सन्धिको मस्यौदा नेपाललाई दिएको थियो ।

अघिल्लो कार्यकालमा प्रधानमन्त्री ओली चीन जाँदा सन्धि अगाडि बढाउने समझदारी भएको थियो । अधिकारीहरुकाअनुसार सन्धिको मस्यौदालाई अन्तिम रुप दिन हालै मात्र दुई देशका अधिकारीहरुबीच छलफल पनि भएको थियो ।

तर चिनियाँ राष्ट्रपति सीको आसन्न भ्रमणका क्रममा सन्धिमा हस्ताक्षर नहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?