Comments Add Comment

कलाकारको टीका

वर्ष २०७६ को दशैं सकिँदैछ । नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि दशैंलाई रमाइलो गरी मनाएका छन् । केही कलाकारले कारणवश दशैं मनाउन नपाए पनि धेरैले भने दशैंको टीका लगाएका छन् । धेरै कलाकारहरुले टिकाको तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट पनि गरेका छन् ।

अभिनेता राजेश हमालले विजया दशमीको दिन टीका लगाउन पाएनन् । त्यस दिन आफ्नो आमाको श्राद्ध पर्ने भएकाले टिकाको दोस्रो दिन टीका लगाए । उनले आफ्नो श्रीमती मधु भट्टराईसँगै टीका लगाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

अभिनेता अनमोल केसीले आफ्नो बुबा भुवन केसीको हातबाट टीका लगाएका छन् । अनमोल र भुवनले काठमाडौंमा नै दशैं मनाएका हुन् ।

त्यस्तै नायक निखिल उप्रेती र नायिका सञ्चिता लुईटेलले पनि काठमाडौंमा नै रहेर दशैं मनाएका छन् ।

नायिका वर्षा राउत र नायक संजोग कोइरालाको जोडीले पनि परिवारिक जमघटमा दशैं मनाएका छन् ।

निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाईको जोडीले भने सिन्धुली पुगेर दशैंको टीका लगाएको छ । दिवाकरको पुख्र्यौली घरमा पुगेर उनीहरुले टीका लगाएका हुन् ।

नायिका ऋचा शर्माले काठमाडौंमा नै टीका लगाइन् । आमा र हजुरआमाको हातबाट टीका लगाएर उनले दशैं मनाएकी छिन् ।

कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ’सुन्तली’ र कुमार कट्टेल ’जिग्री’ले पनि एकसाथ परिवारसँग दशैं मनाए ।

दीपकराज गिरीले पनि सामाजिक सञ्जालमा परिवारसँग टिका लगाएको तस्वीर सार्वजनिक गरेका छन् ।

गायक प्रकाश सपुत भने दशैं मनाउनको लागि बाग्लुङ पुगे । उनले बाग्लुङ पुगेर आफ्नो परिवारसँग दशैं मनाएका छन् ।

Dashain

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment